Friday, July 2, 2010

धार्मिक सन्दर्भ

हिन्दू एवं बौद्धमार्गीहरूका लागि यस जिल्लामा विख्यात मन्दिर र गुम्बाहरू रहेका छन् । पलाञ्चोक भगवती, चण्डेश्वरी, नमोबुद्ध, इन्द्रेश्वर महादेव, धनेश्वर महादेव, लड्केश्वर महादेव, व्रम्हायणी, रंगनाथ मन्दिर, गोरखनाथ, फुल्चोकी, शैलेश्वर गोर्साईंस्थान, आशापुरी महादेव, करुणामाई भगवती, गौखुरेश्वर, दुलालेश्वर महादेव लगायतका तीथस्थलहरू विदेशमासमेत, अधिराज्यभर र आसपासका जिल्लाहरूमा प्रसिद्ध रहेका छन् भने जिल्लाभित्रै मात्र ख्याति पाएका अनेकन् मठ, मन्दिर, गुम्बा, ध्यान एवं सत्संग आश्रमहरू पनि उल्लेख्य संख्यामा रहेका छन् ।

यस जिल्लामा सांस्कृतिक महत्वका निकैरोचक, आकर्ष र वृहत्जात्रा एवं मेलाहरू पनि आवधिक रूपमा लाग्दछन् । विशेष प्रख्यातिका दृष्टिले त्यस्ता केही मेलाहरू मध्ये प्रत्येक १२ वर्षा लाग्ने मकर मेला -पनौती) , प्रत्येक १२ वर्षा लाग्ने हलसिद्धि जात्रा, पनौती जात्रा -ज्याःपून्हि), नवदुगा जात्रा -पनौती/धुलिखेल), बाह्रवर्षो हरिसिद्धि मेला -धुलिखेल), प्रत्येक जनै पूणिर्मामा लाग्ने शैलेश्वर गोर्साईंस्थान मेला -बनेपा), वैशाख पूणिर्मामा लाग्ने चण्डेश्वरी जात्रा -बनेपा), कार्तिक पूणिर्मा -हरि बाधिनी एकादशीपछिको) मा लाग्ने नमोबुद्ध दर्शन -श्यामपाटी सिमलचौर), हरिबोधिनी एकादशीमा लाग्ने लड्केश्वर महादेव जात्रा -बल्थली), माघ महिनाभर लाग्ने धनेश्वर महादेव दर्शन -धनेश्वर) महत्वपूर्ण मानिन्छन् । वि.सं.२०५८ को जनगणना अनुसार यस जिल्लामा ६४.७७% हिन्दू, ३४.६९% बौद्ध, ०.०५% मुस्लिम, ०.०१% किराँत, ०.२९% क्रिश्चियन र ०.१८% अन्य धर्मावलम्बीहरू रहेका छन् ।
बाकी ...

No comments: